कोरोना कहर : अमेरिकामा फेरी बढ्न थाले मृतक, संक्रमित झनै धेरै

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख १९ हजार ५९२ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ९८ हजार ४३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९१ लाख १६ हजार २४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३ हजार ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ४४ हजार ९५३ जनाको मृत्यु भएको छ भने ४० लाख २८ हजार ५६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ८६ हजार ५८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ७१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ६०२ जनाको मृत्यु भएको छ भने ४ लाख ३५ हजार ७५३ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ७ हजार ८८९ जनाको मृत्यु भएको छ भने ४ लाख १० हजार १७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ५ हजार २०७ जनाको मृत्यु भएको छ भने ३ लाख ६९ हजार ८३४ जनालाई संक्रमण भएको छ । त्यस्तै अमेरिकामा मंगलवार ६७ हजार १४० जना संक्रमित थपिएका छन् भने १ हजार ११९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?