काठमाडौं । भारतमा समेत आफ्नो प्रभूत्व रहेको विश्वचर्चित ७ चिनियाँ कम्पनीको चिनियाँ सेनासँग कनेक्सन रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डीएनए इन्डियाका अनुसार हुबाबे, अलिबाबा, टेन्सेन्ट, Xindia Steels Lts , Xinxing Cathay international , China electronic technology group र SAIC motor corporation को चिनियाँ सेनासँग कनेक्सन देखिएको हो ।
यी कम्पनीमाथि भारतले छिट्टै उपयुक्त एक्सन लिन सक्ने समाचारमा जनाइएको छ । ‘यी ७ कम्पनी निगरानीमा रहेका छन् र सम्भावित कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ’, भारत सरकार स्रोतलाई उदृत गर्दै डीएनएको समाचारमा भनिएको छ ।
यी कम्पनीले आफ्नो सरकार र सेनालाई सूचना उपलब्ध गराउने गरेको दावी गरिएको छ । यसअघि चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटक सहित अन्य ५८ वटा एप्स भारतमा प्रतिबन्धित बनेको थियो ।
टिकटक भारतमा निकै चर्चित छ । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको थियो । लद्दाख झडपपछि भारत र चीनबीच विवाद चर्कँदै गएको छ । जुन महिनाको सुरुमा लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया