काठमाडौं । अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ कम्पनी ‘पठाओ’का सह-संस्थापक फहिम सलेहको हत्या आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् ।
सलेह सोमवार न्यू योर्कमा रहेको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका थिए । साथै, उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको थियो ।
फहिमको हत्या आरोपमा उनै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीले जनाएको छ ।

हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
तर, यो तथ्य पत्याउनै मुस्कील भइरहेको फहिमका शुभचिन्तकहरुले बताएका छन् ।
फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ । पठाओलाई हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए ।
यो पनि पढ्नुहोस् : पठाओका सह-संस्थापक सलेह मृत फेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया