ताइवानले गर्यो शक्ति प्रदर्शन, भन्यो ‘जवाफका लागि तयार छौँ’

काठमाडौं । चीनसँग चलिरहेको तनावका बीच ताइवानका सैनिकहरूले चीनबाट हुनसक्ने सम्भावित आक्रमण रोक्नका लागि भन्दै बिहीवार तटीय क्षेत्रमा आफ्नो सैन्य शक्तिको प्रदर्शन गरेका छन् ।

ताइवानका राष्ट्रपति साई इंग वेनले आफू कमजोर नभएको कुरा चीनलाई प्रमाणित गर्न युद्धाभ्यास गरेको बताएका हुन् । उनले ताइवान आफ्नो जमीन र घुसपैठ रोक्न सक्षम रहेको बताएका हुन् ।

पाँच दिने यो अभ्यास सोमवारदेखि शुरू भएको हो र पाँच दिनसम्म चल्नेछ ।

आठ हजार सैनिकले भाग लिएको उक्त युद्धाभ्यासमा १६ वटा फाइटर जेट्स र स्वदेशी फाइटर जेट्स चिंग कुओले आफ्नो प्रदर्शन गरेका हुन् ।

बेइजिङले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र एक दिन त्यसलाई आफ्नो नियन्त्रणमा ल्याउने बताएको छ ।

आवश्यक परेमा बल प्रयोग समेत गर्न सक्ने उसको भनाइ छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?