चीनबाट अमेरिका पुग्यो ‘ब्यूवोनिक प्लेग’, के हो ‘ब्यूवोनिक प्लेग’ र यसका लक्षण ?

काठमाडौं । सारा विश्वमा अहिले कोरोनाको महामारी फैलिएको छ । कोरोनासँग लडिरहेको सारा विश्वमा अर्को संक्रमणले आक्रमण गर्न थालेको छ । ब्यूवोनिक प्लेग नामको संक्रमण चीनबाट अमेरिका सम्म पुगेको छ ।

१० दिन अगाडि मात्र चीनमा यो संक्रमण देखिएको थियो । मंगोलियामा पनि ब्यूवोनिक प्लेगका कारण पहिलो पटक एक जनाको मृत्यु भईसकेको छ ।

र यो संक्रमण अहिले अमेरिकामा समेत पुगेको छ । अमेरिकामा एक लोखर्के यसबाट संक्रमित पाइएको हो ।

जसका कारण प्रशासनले सबैमा अलर्ट जारी गरेको छ । अमेरिकामा भने कोलोराडोको मोरिसनमा ११ जुलाईमा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

१० दिन पहिला चीनको आन्तरिक मंगोलियामा ब्यूवोनिक प्लेग फैलिएको खबर सार्वजनिक भएको थियो ।

जानकारी होस् कि, यसबाट पहिला पनि पहिलो चरणमा ५ करोड, दोश्रो चरणमा यूरोपको एक तिहाई जनसंख्यामा र तेश्रो पटक ८० हजार मानिसलाई यसले आफ्नो शिकार बनाएको थियो । ब्यूवोनिक प्लेग मुसामा पाइने ब्याक्टेरीयाबाट फैलिन्छ ।

यसको नाम पेस्टिस ब्याक्टेरियम रहेको छ । यो शरीरको लिम्फ नोड्स, रगत र फोक्सोमा हमला गर्दछ ।

यसबाट औँला नाक कालो भएर सड्न थाल्छ । यसले शरीरमा असहनीय पीडा, धेरै खोकी लाग्छ । साथै नाडी तीव्र चल्न थाल्छ ।

ब्यूवोनिक प्लेगले २४ घण्टामा लिन्छ ज्यान

मंगोलिया सरकारले ब्यूवोनिक प्लेगलाई नियाल्दै अवैध रुपमा शिकार गरिएको कुनै पनि मासु नखान चेतावनी दिएको छ ।

यो रोगका कारण गएको वर्ष दुई जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले समयमै उपचार नभए यसले २४ घण्टामा ज्यान लिन सक्ने बताएको छ ।

अमेरिकाको पब्लिक हेल्थसँग जोडिएका अधिकारीले भने कोलोराडोको मारिसन शहरमा एक लोखर्केमा ब्यूवोनिक प्लेग पाइएको बताएका छन् ।

यो कोलोराडोमा प्लेगको पहिलो केस हो । यदि घरपालुवा जनावरमा सावधानी अपनाइएन भने यो धेरै घातक सिद्ध हुनसक्ने उनले बताएका छन् ।

के हो ब्यूवोनिक प्लेग ?

जेफर्सन काउण्टी पब्लिक हेल्थका अधिकारीले सार्वजनिक रुपमा जारी गरेको एक बयानमा प्लेग एक संक्रामक रोग रहेको र जो ब्याक्टेरिया यर्सिनिया पेस्टिसको कारण हुने बताएका छन् । प्लेग नामक ब्याक्टेरिया नै यसको मुख्य कारण हो ।

मानव शरीरमा विशेष गरेर यो रोग कोतर्ने प्रकृतिका जनावरबाट सर्दछ । सेन्टर फर डिजील कन्ट्रोल एण्ड प्रीभेन्सनका अनुसार मुसा तथा लोखर्केको शरीरमा प्लेग रहने गर्दछ, र यो जनावरबाट मानिसको सम्पर्कमा आएपछि सहजै सबैतिर फैलिन सक्छ ।

संक्रमित टिश्यु र इनफेक्शियस ड्रोपलेट्सको कारण पनि यो फैलिन्छ । मंगोलियामा गएको वर्षमा म्यारमोट नामक जनावरको मासु खाँदा २ जनाको मृत्यु भएको थियो ।

के हो ब्यूवोनिक प्लेगको लक्षण ?

ब्यूवोनिक प्लेगको कारण संक्रमितलाई टाउकोमा दुख्छ, खोकी लाग्छ, चिसो महशुस हुन थाल्छ, लिम्फ नोड्स वा पेट पनि दुख्छ र शरीरमा घोच्न थाल्छ ।

एजेन्सीको सहयोगमा

कोरोनासँगै ‘ब्यूवोनिक प्लेग’को आक्रमण, संक्रमणले मंगोलियामा पहिलो पटक लियो ज्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?