कोरोनासँगै ‘ब्यूवोनिक प्लेग’को आक्रमण, संक्रमणले मंगोलियामा पहिलो पटक लियो ज्यान

काठमाडौं । सारा विश्व यतिबेला कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । अहिलेसम्म यसको भ्याक्सीन बनाएर समाधान गर्न सकिएको छैन ।

यसैबीच अब कोरोनासँगसँगै अर्को नयाँ खतरा पैदा भएको छ । कोरोना महामारीका बेला संसारमा ब्यूवोनिक प्लेगको खतरा पैदा भएको हो । मंगोलियामा यो रोगबाट पहिलोपटक एक १५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जसबाट सारा विश्व सतर्क भएको छ । चीनले यो संक्रमण पुष्टि भएपछि दर्जनौँ मानिसलाई क्वारेन्टाइनमा राखेको थियो ।

उक्त व्यक्तिले एक संक्रमित मुसाको मासु खाएको बताइएको छ । मुसालाई उक्त व्यक्तिको कुकुरले समातेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक हप्ता अगाडि संक्रमित व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।

मंगोलियाको स्वास्थ्य मन्त्रालयलका प्रमुख डी नारंगरलले यो आफ्नो देशमा दोश्रो प्लेग भएको बताएका छन् ।

चीनको स्वायत्त क्षेत्र इनर मंगोलियामा पनि मामर्ग प्लेगको केस देखिएको थियो । ब्यूवोनिक प्लेगको केस देखिएपछि रुसले सतर्कता अपनाउँदै मुसाको शिकारमा प्रतिबन्ध लगाएको छ ।

ब्यूवोनिक प्लेगले २४ घण्टामा लिन्छ ज्यान

मंगोलिया सरकारले ब्यूवोनिक प्लेगलाई नियाल्दै अवैध रुपमा शिकार गरिएको कुनै पनि मासु नखान चेतावनी दिएको छ ।

यो रोगका कारण गएको वर्ष दुई जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले समयमै उपचार नभए यसले २४ घण्टामा ज्यान लिन सक्ने बताएको छ ।

अमेरिकाको पब्लिक हेल्थसँग जोडिएका अधिकारीले भने कोलोराडोको मारिसन शहरमा एक लोखर्केमा ब्यूवोनिक प्लेग पाइएको बताएका छन् ।

यो कोलोराडोमा प्लेगको पहिलो केस हो । यदि घरपालुवा जनावरमा सावधानी अपनाइएन भने यो धेरै घातक सिद्ध हुनसक्ने उनले बताएका छन् ।

के हो ब्यूवोनिक प्लेग ?

जेफर्सन काउण्टी पब्लिक हेल्थका अधिकारीले सार्वजनिक रुपमा जारी गरेको एक बयानमा प्लेग एक संक्रामक रोग रहेको र जो ब्याक्टेरिया यर्सिनिया पेस्टिसको कारण हुने बताएका छन् । प्लेग नामक ब्याक्टेरिया नै यसको मुख्य कारण हो ।

मानव शरीरमा विशेष गरेर यो रोग कोतर्ने प्रकृतिका जनावरबाट सर्दछ । सेन्टर फर डिजील कन्ट्रोल एण्ड प्रीभेन्सनका अनुसार मुसा तथा लोखर्केको शरीरमा प्लेग रहने गर्दछ, र यो जनावरबाट मानिसको सम्पर्कमा आएपछि सहजै सबैतिर फैलिन सक्छ ।

संक्रमित टिश्यु र इनफेक्शियस ड्रोपलेट्सको कारण पनि यो फैलिन्छ । मंगोलियामा गएको वर्षमा म्यारमोट नामक जनावरको मासु खाँदा २ जनाको मृत्यु भएको थियो ।

के हो ब्यूवोनिक प्लेगको लक्षण ?

ब्यूवोनिक प्लेगको कारण संक्रमितलाई टाउकोमा दुख्छ, खोकी लाग्छ, चिसो महशुस हुन थाल्छ, लिम्फ नोड्स वा पेट पनि दुख्छ र शरीरमा घोच्न थाल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?