काठमाडौं । अहिले विश्व कोरोना भाइरसबाट त्रस्त छ । तर विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन ।केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।
त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ८ जनामा कोरोना पुष्टि भएको छ । क्यारिबियन नेदरल्याण्डस्मा ७ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा १०, अंगुलामा ३ र सेन्ट पियरे मिकेलनमा २ जना मात्रै संक्रमित फेला परेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ८३ हजार ५ सय ३५ जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभरका १ करोड ३५ लाख ६० हजार ६ सय ९६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७९ लाख १३ हजार ७ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ५ सय ५१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३९ हजार ५ सय ५ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २४ हजार ७ सय ६० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ६९ हजार ८ सय ३७ पुगेको छ । हालसम्म १६ लाख १ हजार ५ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया