काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ८१ हजार १५४ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाख ५६ हजार ३४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७८ लाख ४७ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ५७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म ७४ हजार २६२ जनाको मृत्यु भएको छ भने १९ लाख ३१ हजार २०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख १३ हजार ५१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा मंगलवार मात्रै ४३ हजार २४५ जना संक्रमित थपिएका छन् भने १ हजार ३४१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया