हिमालय एअरलाइन्सले तेस्रो चरणको उद्धार उडान गर्दै, यस्तो छ समय तालिका

काठमाडौं । हिमालय एअरलाइन्सले कोरोनाको कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्धार उडान गर्ने समय तालिका सार्वजनिक गरेको छ ।

एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको र तेस्रो चरणको उडान गर्न लागेको जनाएको छ । एअरलाइन्सको तेस्रो चरणको उद्धार उडान जुलाई १५ देखि २१ तारिकसम्म गर्न लागेको हो । तेस्रो चरणको उडानमार्फत युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।

उद्धार उडान मार्फत आउनेहरुका लागि विभिन्न सर्तहरु लागू गरिएको छ । जसमा यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?