अमेरिकाको नेवल बेस स्यान डिएगोमा तैनाथ जहाजमा आगो लाग्यो

काठमाडौं । अमेरिकाको स्यान डिएगोमा नोसौन्य अड्डामा रहेको एक जहाजमा आगो लागेको छ ।

जहाजमा भएको बिस्फोटका कारण आगो लाग्दा २१ जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिका प्यासिफिक फ्लिटमा नेवल सरफेस फोर्सका प्रवक्ता माइक र्यानेका अनुसार यूएस बोनहोम्मे रिचर्डमा आईतवार विहान नौ बजेबाट आगो लागेको थियो ।

उनले उक्त आगोका कारण १७ नौसेनाका सदस्य र ४ आम नागरिक घाइते भएको बताएका छन् । कसरी बिस्फोट भयो र आगो लाग्यो भन्ने कुराको अनुसन्धान भईरहेको उनले बताए ।

जहाजमा उक्त बेला १६० जना रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?