मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख रुपैयाँ गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख रुपैयाँ गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिए । पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया