काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बलिउड महानायक अमिताभ बच्चन मुम्बईको नानावटी अस्पतालमा उपचारका लागि भर्ती भएका छन् ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनमा कोराना भाइरसका सामान्य लक्षण रहेको बताइएको छ ।
मुम्बईको नानावती अस्पतालका जनसम्पर्क अधिकारीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनमा सामान्य लक्षण मात्र देखिएका बताएका छन् ।
उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।
अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया