जिप दुर्घटनामा एकको मृत्यु

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए। शनिवार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?