कोरोना कहर : अमेरिकामा ह्वात्तै बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५ लाख ६७ हजार ६२८ जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ४१ हजार ५०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७४ लाख ७८ हजार १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोनाबाट १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ भने ३३ लाख ५५ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख ९० हजार ४४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ३९३ जनाको मृत्यु भएको छ भने ४ लाख २६ हजार ८०७ जनालाई संक्रमण भएको छ । क्यालिफोर्नियामा ३ लाख १९ हजार ९८५ जनालाई संक्रमण भएको छ भने ७ हजार २६ जनाको मृत्यु भएको छ ।

टेक्सासमा २ लाख ५९ हजार ४६५ जनालाई संक्रमण भएको छ भने ३ हजार २२८ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा शनिवार ६१ हजार ७१९ जना संक्रमित थपिएका छन् भने७३२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?