कोरोनाको प्रकोप : भारतमा शनिवार थपिए यति ठूलो संख्यामा संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामाराी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५ लाख ६७ हजार ६२८ जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ४१ हजार ५०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७४ लाख ७८ हजार १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ हजार ६८७ जनाको मृत्यु भएको छ भने ८ लाख ५० हजार ३५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ३६ हजार २३१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शनिवार २७ हजार ७५५ जना संक्रमित थपिएका छन् भने ५४३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?