युट्युबर पक्राउ : दुई किशोरी बलात्कार, आमालाई यस्तो धम्की दिए

१३ र १४ वर्षका दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युट्युबर अर्जुन सिवाकोटी रहेका छन् ।

पीडितले दिएको जाहेरी दरखास्तमा लामो समयदेखि दुबै किशोरीमाथि उनले निरन्तर यौन शोषण गरेको र पछिल्लो पटक जेठ १० गते यौन शोषण गरेको उल्लेख छ ।

प्रहरीले दुवै किशोरीको स्वास्थ्य परीक्षण गराएको छ भने अर्जुनमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी राखेको छ ।

अभियुक्तले मेकिङ नेपाल नामक युट्युब च्यानलका लागि भिडियो उत्पादन गर्दै आएका थिए । कान्तिपुर दैनिकका अनुसार किशोरीको आमालाई अर्जुनले छोरीलाई मारिदिने भन्दै धम्की समेत दिएका थिए ।

कुृरा गर्दागर्दै विवाद बढ्दै गएपछि किशोरीको आमालाई अर्जुनले भनेका थिए– तेरो छोरीहरुलाई बलात्कार गरेर मार्दिन्छु । अनि जेल जान्छु । किशोरीमध्ये १४ वर्षीयले आमालाई बलात्कारबारे जानकारी गराएपछि उजुरी प्रहरीसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?