अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ७३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३० हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३३ लाख २१ हजार ९ सय पुगेको छ । हालसम्म १४ लाख ७५ हजार ५ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ६५ हजार ४० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड २७ लाख ३२ हजार ९५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७४ लाख ३५ हजार ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५८ हजार ७ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?