परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ नगद चोरी भएको छ ।
प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो ।
संस्थाको कार्यालयमा रहेको -याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।
स्थानीयवासी गोबरी धोबीको एक तले पक्की घरमा भाडामा रहेको उक्त सहकारीको कार्यालयको ढोकामा ताल्चा लगाउने कब्जासहित फोडिएको र ढोका खल्ला रहेको देखेपछि घरधनी धोबीले संस्थाका व्यवस्थापक तिरणजित सैथवारलाई खबर गरेका थिए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अविरल वर्षाले घर भत्कियो
अविरण वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुई घर भत्किएको छ । प्रतापपुर–३ नन्दुरमा दुई घर भत्किएको हो ।
स्थानीयवासी ७५ वर्षीया मुनरीदेवी चमार र ५० वर्षीया रामावतीदेवी कम्करको फुसले छाएको एकतले कच्ची घर भत्किएको इलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ । घर भत्किए पनि मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै पाल्हीनन्दन गाउँपालिका–३ स्थित ताजुल ओलुम मदरसाको पर्खाल पनि भत्किएको छ ।
अविरल वर्षाका कारण मदरसाको परिसर घेरिएको सिमेन्ट र इँटाले बनेको १६० मिटर लम्बाइ र पाँच फिट उचाइको पर्खाल भत्किएको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया