३ डाक्टरसहित ४ जना पक्राउ, यस्तो छ आरोप

काठमाडौं । कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा कार्यरत ३ डाक्टरसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डा राकेश बर्मा, डा. सुप्रबास श्रेष्ठ, डा. बालकृष्ण कालाखेती रहेका छन् । भने जिल्ला प्रशासनका कर्मचारीको नाम खुलाइएको छैन् ।

उनीहरुले नेपाली नागरिकलाई भारतिय बनाएर मिर्गौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ ।

उनीहरुलाई मिर्गौलाको अवैध कारोवार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अर्का १ जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहेको बुझिएको छ ।

शनिवार उनीहरुलाई मानव बेचबिखान नियन्त्रण ब्युरोले समातेको समातेको हो ।

उनीहरुलाई पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?