रुसमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

काठमाडौं । रुसमा कोरोना भाइरसका सात लाखभन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ ।

रुसमा कोभिडका ७ लाख २० हजार संक्रमित देखिएका छन् । गएको २४ घन्टामा रुसमा छ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै यहाँ संक्रमितको संख्या सात लाख नाघेको बताइएको छ । रुसका विभिन्न ८३ सहरमा यी संक्रमित भेटिएका हुन् । रुसमा गएको २४ घन्टायता १८८ जनाको कोरोनाका कारण निधन भएको बताइएको छ । यो सँगै रुपमा यस महामारीबाट मृत्यु हुने नागरिकको संख्या पनि ११ हजार २०५ पुगेको बताइएको छ ।

यहाँका अधिकांश संक्रमितहरुमा यो भाइरसको प्रकोपको कुनै लक्षण पनि नदेखिएको बताइएको छ । यहाँका संक्रमितहरु मध्ये २६ प्रतिशतमा मात्र यस भाइरसको लक्षण देखिएको बताइएको छ । यहाँ सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?