विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ६३ हजार ७२० जनाको मृत्यु भईसकेको छ भने १ करोड २६ लाख ६५ हजार ५५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७३ लाख ९५ हजार ४६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ७४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३६ हजार ७२० जनाको मृत्यु भईसकेको छ भने ३२ लाख ९३ हजार ५३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख ६० हजार ७३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४९ जनाको मृत्यु भएको छ भने १ हजार ७४६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ७ हजार ४९६ जनालाई संक्रमण भएको छ भने ७० हजार ६०१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएको छ भने ३ हजार १५८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म २२ हजार १७१ जनाको मृत्यु भईसकेको छ भने ८ लाख २५ हजार ७३६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख १७ हजार ५४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार १३३ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार २०५ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २० हजार ५४७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९७ हजार ४४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८८ जनाको मृत्यु भएको छ भने ६ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ५०० जनाको मृत्यु भएको छ भने ३ लाख १९ हजार ६४६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख १० हजार ६३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ७८१ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार २७४ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७८ हजार ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार १३३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३४ हजार १९१ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार १७४ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ७७ हजार ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६६५ जनाको मृत्यु भएको छ भने ६ हजार ८९१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ६३५ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ११७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १७ हजार ६६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३९७ जना नयाँ संक्रमित थपिएका छन् भने १८८ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार २७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार १२३ जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५३ हजार १३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७५२ जना नयाँ संक्रमित थपिएका छन् भने ६५ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा विश्वमा १ हजार ६८१ जनाको मृत्यु भएको छ भने ४८ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?