नुवाकोट । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समिति र बागमती प्रदेश समितीले नुवाकोटमा ८० परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

समितिले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत पन्चकन्या गाउँपालिका वडा नं २ कबिलास रातमाटेस्थित मिजार बस्तिका लकडाउन प्रभावित गरीब, विपन्न र दलित घरपरिवारहरुलाई खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो ।

शनिवार आयोजित एक कार्यक्रमका बीच संस्थाले स्थानिय समाजसेवी र जनप्रतिनिधीहरुको रोहबरमा खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको गरिएको नेविसंघका नेता कृष्ण मिश्रले लोकपथलाई बताए ।
कार्यक्रममा जिसस नुवाकोटको सदस्य अभिनव फुँयाल , नेपाली कांग्रेस नुवाकोटका नेता रामेश्वर थापा , महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र , क्षेत्रीय सह सचिव रामशरण श्रेष्ठ , ईकाई सभापति माधब प्रसाद खनाल , नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका महासचिव हरिराज खरेल ,प्रदेश न ३ को अध्यक्ष रामशंकर बस्नेत ,ग्रामिण विकास लघुबित्त संस्थाका उपाध्यक्ष कुमार दाहाल ,फियन सहकारि संस्थाका प्रबन्धक किरण कार्कि लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया