काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्यस्तै हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ४ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा थपिएका छन् । गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश २ र प्रदेश सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ ५(५ जना संक्रमित थपिएका हुन् ।
कुन प्रदेशमा कति थपिए संक्रमित ?
प्रदेश नं १ मा १३ जना
प्रदेश नं २ मा ५ जना
बाग्मती प्रदेशमा १४ जना
गण्डकी प्रदेशमा १६ जना
प्रदेश ५ मा १० जना
कर्णाली प्रदेशमा ७ जना
सुदूरपश्चिम प्रदेशमा ५ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया