बाख्रा चराउन जंगल जाँदा ढुङ्गाले लागेर बालकको मृत्यु

सल्यान । ढुङ्गाले लागेर सल्यानमा आज एक बालकको मृत्यु भएको छ ।

बाख्रा चराउन जङ्गल जाँदै गर्दा माथिबाट खसेको ढुङ्गाले टाउकामा लागेर शारदा नगरपालिका –१ भगवती खोला निवासी नौ वर्षीय दिनेश बुढाथोकीको मृत्यु भएको हो ।

स्थानीय जोगेनी पाखा जङ्गलमा अपराह्न साढे १ बजेतिर भएको दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल ल्याइएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?