नेपालमा कोरोना अपडेट : कहाँ कति पुगे संक्रमित ? (विवरणसहित )

काठमाडौं – नेपालका विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

नेपालमा हिजो मंगलवार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार थप २ सय ५३ जना संक्रमणमुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएको बताए । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४७ दशमलव २ प्रतिशत संक्रमितको संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना भाईरसका कारण ३५ जनाको मृत्यु भएको छ ।

बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टाईनमा बस्नेको संख्या २५ हजार ४० रहेको छ ।

यसैबीच सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बापत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

पछिल्लो २४ घण्टामा थपिएकाको विवरण यस्तो छ :
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका ५ जना र तेरथुमका १ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना,सुनसरीका २ जना र इलामका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना र मोरङका ३ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सिरहाका २ जना र सप्तरीका ४ जना

नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : बाराका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका १७ जना,बैतडीका २ जना,बझाङका ४ जना,दार्चुलाका १ जना,डोटीका ८ जना,गोरखाका २ जना,कैलालीका १९ जना,कञ्चनपुरका ७ जना,काठमाडौंका ६ जना र सर्लाहीका २ जना
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा :  चितवनका ५ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा प्रयोगशालामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका २ जना र रौतहटका ३२ जना

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका १ जना,धादिङका १ जना,दोलखाका १ जना,झापाका १ जना,कास्कीका १ जना,काठमाडौंका १० जना,काभ्रेपलान्चोकका १ जना,ललितपुरका ७ जना, लमजुङका १ जना,नवलपरासी पूर्वका १ जना, पर्साका १ जना,रामेछापका २ जना,रौतहटका १ जना,सर्लाहीका १ जना,सिन्धुपाल्चोकका १ जना र सुनसरीका १ जना

त्रिबि शिक्षण अस्पताल महारागञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : काभ्रेपलान्चोकका १ जना र मोरङका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : म्यादीका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : कास्कीका १३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : गुल्मीका ३ जना,पाल्पाका ५ जना र प्यूठानका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परिक्षणमा : बाँकेका २ जना,दाङका ४ जना,कालीकोटका १ जना र रुकुम पश्चिमका ३ जना

आरटि पीसिआर दैलेख प्रयोगशालामा गरिएको परिक्षणमा : सुर्खेतका १ जना

चौरजारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा : रुकुम पश्चिमका ४ जना र जाजरकोटका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा : दैलेखका २ जना,मुगुका २ जना र सुर्खेतका १३ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : दैलेखका ३ जना

डडेलधुरा प्रयोगशाला अस्पतालमा गरिएको परिक्षणमा : डडेल्धुराका २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : अछामका ५ जना,डोटीका ४ जना,कञ्चनपुरका ५ जना र कैलालीका १७ जना

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमित पुष्टि, विज्ञको सुझाव – ‘अझ बढी सचेत बनौँ’
काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

बुधवार काठमाडौंमा थप १६ जना र ललितपुरमा ७ जनामा संक्रमण पुष्टि भएको हो । भक्तपुरमा भने बितेको २४ घण्टामा संक्रमित थपिएका छैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १० जना गरी काठमाडौंमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।

त्यस्तै ललितपुरमा आज बुधवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ९मंगलवार० काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै अस्ती ९सोमवार० काठमाडौं उपत्यकामा एकैपटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसैबीच घना बस्ती भएका शहरहरुमा कोरोना भाईरस तिव्र रुपमा देखिँदा संक्रमण फैलनसक्ने खतरा रहेको भन्दै अझ बढी सचेत रहन र सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् । एकबाट दोस्रोमा सजिलै सर्ने प्रकृतिको यो भाईरसका कारण संक्रमण तिव्र रुपमा समुदायमा फैलनसक्ने खतरालाई ध्यानमा राखि अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, निस्कनै पर्ने अवस्थामा मास्क पञ्जा चस्माको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी, कायम गर्न , साबुनपानीले बेलाबेलामा मिचीमिची हाल धुन, सेनिटाईजरको प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । जनस्वास्थ्य विद्को सुझाव छ – ‘परिक्षणको दायरा बढाऔँ ।’

पाँच जिल्लामा संक्रमण शून्य

देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

महोत्तरी
रौतहट
पाल्पा
बाजुरा
कैलाली
अछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?