आइक्यानको अध्यक्षमा मदन शर्मा निर्वाचित

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्टस संस्था (आइक्यान) को नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

शर्मा लामो समयदेखि अध्यक्षको तयारीमा रहेका थिए । यसअघि उनी आइक्यानको उपाध्यक्ष रही काम गरेका छन् ।

त्यस्तै आइक्यानको उपाध्यक्ष पदका लागि पियुष आनन्द र युद्ध ओलीले उम्मेद्वारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?