काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमित पुष्टि, विज्ञको सुझाव – ‘अझ बढी सचेत बनौँ’

काठमाडौं – काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

बुधवार काठमाडौंमा थप १६ जना र ललितपुरमा ७ जनामा संक्रमण पुष्टि भएको हो । भक्तपुरमा भने बितेको २४ घण्टामा संक्रमित थपिएका छैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १० जना गरी काठमाडौंमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर )मा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।

त्यस्तै ललितपुरमा आज बुधवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो (मंगलवार) काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै अस्ती (सोमवार) काठमाडौं उपत्यकामा एकैपटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसैबीच घना बस्ती भएका शहरहरुमा कोरोना भाईरस तिव्र रुपमा देखिँदा संक्रमण फैलनसक्ने खतरा रहेको भन्दै अझ बढी सचेत रहन र सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् । एकबाट दोस्रोमा सजिलै सर्ने प्रकृतिको यो भाईरसका कारण संक्रमण तिव्र रुपमा समुदायमा फैलनसक्ने खतरालाई ध्यानमा राखि अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, निस्कनै पर्ने अवस्थामा मास्क पञ्जा चस्माको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी, कायम गर्न , साबुनपानीले बेलाबेलामा मिचीमिची हाल धुन, सेनिटाईजरको प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । जनस्वास्थ्य विद्को सुझाव छ- ‘परिक्षणको दायरा बढाऔँ ।’

यसैबीच नेपालमा आज बुधवार थप २५५ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।

संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४७ दशमलव २ प्रतिशत संक्रमितको संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

नेपालमा हिजो मंगलवार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्वारेन्टाईनमा कति ? 

हालसम्म देशभरका क्वारेन्टाईनमा २५ हजार २० जना रहेका छन् भने ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पुष्टि भएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

मन्त्रालयका अनुसार

पाँच जिल्लामा संक्रमण शून्य

देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

महोत्तरी
रौतहट
पाल्पा
बाजुरा
कैलाली
अछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?