काठमाडौं । नेपालमा आज (बुधवार) थप २५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
नेपालमा हिजो (मंगलवार) २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ६ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला
- महोत्तरी
- रौतहट
- पाल्पा
- बाजुरा
- कैलाली
- अछाम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया