सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४३ हजार ५ सय ६ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १८ लाख ४३ हजार ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६८ लाख १२ हजार ४ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार ३ सय ६६ जनाको ज्यान गएको र १ लाख १० हजार ८ सय ४६ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

सबैं भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ४ सय १५ पुगेको छ । बितेको २४ घण्टामा २० हजार ८ सय ४२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ६१ हजार ३४ पुगेको छ । हालसम्म १३ लाख ३७ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, ब्राजिलमा हालसम्म कोरोनाको कारण ६६ हजार ९३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण देखिएको र ५ सय ३७ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १६ लाख ४३ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा १० लाख ७२ हजार २ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, छिमेकी देश भारतमा बितेको २४ घण्टामा २१ हजार ७ सय २० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख १९ हजार ४ सय १ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा २० हजार ६ सय ४३ जनाको ज्यान गएको र ४ लाख ५ हजार ७ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ६९ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, रसियामा हालसम्म ६ लाख ९४ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार ७ सय ७२ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ६३ हजार ८ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै, पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७२ पुगेको छ । हालसम्म ३ लाख ५ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ९७ हजार ६ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?