काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ४१ हजार ६२२ जनाको मृत्यु भईसकेको छ भने १ करोड १७ लाख ७४ हजार ८९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६७ लाख ६७ हजार ४८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३३ हजार १३ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ४१ हजार ३१२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ लाख २५ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार १९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४७९ जना नयाँ संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख २८ हजार २८३ जनालाई संक्रमण भएको छ भने ६५ हजार ६३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १० लाख ७२ हजार २२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५ जनाको मृत्यु भएको छ भने २ हजार २१२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २० हजार १९८ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २३ हजार १८५ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ४१ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८३९ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ४९४ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ९४ हजार २३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ६३ हजार ८८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९८ जनाको मृत्यु भएको छ भने ६ हजार ३६८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा अहिलेसम्म १० हजार ७७२ जनाको मृत्यु भएको छ भने ३ लाख ५ हजार ७०३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९७ हजार ६१९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार ८६९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ३८४ जनाको मृत्यु भएको छ भने २ लाख ९८ हजार ५५७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ६४ हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार २३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८५ हजार ७६८ जनालाई संक्रमण भएको छ । त्यहाँ २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३१ हजार ११९ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार ७५० जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ५९ हजार ६५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४८० जनाको मृत्यु भएको छ भने ४ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म ११ हजार ९३१ जनाको मृत्यु भएको छ भने २ लाख ४५ हजार ६८८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७ हजार जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार २७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०० जनाको मृत्यु भएको छ भने २ हजार ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ८१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९२ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ८३९ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ५०९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३४ हजार ९५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ६९१ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा विश्वमा १ हजार ४८५ जनाको मृत्यु भएको छ भने ४१ हजार ९०१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया