काठमाडौं । नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले क्षेत्री लाई नयाँ आईजीपीको रुपमा नियुक्त गरेको हो ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार (भोलि) बाट अवकाश पाउँदैछन् । ज्ञवालीको अवकाशसँगै क्षेत्री नयाँ आईजीपीको रुपमा नियुक्त भएका हुन् ।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजीद्धय हरि पाल र क्षेत्री लाइनमा थिए । प्रहरी अधिकृतहरुका अनुसार संगठनमा क्षेत्री बौद्धिक र इमान्दार अधिकृतको रुपमा चिनिन्छन् ।
उनीहरुमध्ये जसलाई सरकारले नयाँ आईजीपी नियुक्त गरेपनि मिलेर जाने बताउँदै आएका थिए ।
विंस. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट क्षेत्रीले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गरेका हुन् ।
ज्ञवाली बुधवारबाट बिदा भएसँगै क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया