ब्राजिलमा कोरोनाबाट ६५ हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ४० हजार ६६० जनाको मृत्यु भएको छ भने १ करोड १७ लाख ३९ हजार १६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ४१ हजार ८६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ९७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६५ हजार ५५६जनाको मृत्यु भएको छ भने १६ लाख २६ हजार ७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख ७८ हजार ६१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिलमा सोमवार मात्रै२१ हजार ४८६ जनालाई संक्रमण भएको छ भने ६५६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?