काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३८ हजार ५ सय १५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १६ लाख ५२ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६५ लाख ९ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५ हजार ७ सय ३ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ७० जनाको ज्यान गएको र १ लाख २ हजार ९२ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ६ सय १५ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ७ सय ८४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ५ हजार ७ सय २४ पुगेको छ ।
हालसम्म १२ लाख ९५ हजार ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय १५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया