अमेरिकाको कुन सहरमा कति कोरोना संक्रमित, यस्तो छ मृतक र निको हुनेको तथ्यांक

काठमाडौं । अमेरिकामा हालसम्म ४ लाख ४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरर्सले जनाएको छ । संक्रमितमध्ये १ लाख ३२ हजार ६८२ जनाको मृत्यु भएको छ ।

आजमात्रै २१ हजारबढीमा संक्रमण पुष्टि भएकोमा साढे १५ लाख बढीको उपचार भइरहेको छ ।

संक्रमितमध्ये न्यूयोर्कमा ४ लाख २२ हजारमा संक्रमण पुष्टि भएको छ भने क्यालिफोर्नियामा २ लाख ६४ हजारमा संक्रमण पुष्टि भएको छ ।  यसैगरी फ्लोरिडामा २ लाख ६ हजार, टेक्सासमा २ लाख, न्यूजर्सीमा १ लाख ७६ हजार, मासाच्यूसर्टस्मा १ लाख ९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?