काठमाडौं । ईरानमा कोरोना भाइरसको दोस्रो लहरको आशंका बढेको छ । योसँगै ईरानमा सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनेबारे नयाँ नियम लागू भएको छ ।
इरानका राष्ट्रपति हसन रौहानीले सरकारले ल्याएको नियम नमान्ने मानिसहरुलाई अहिले दिँदै आएको सरकारी सुविधा कटौती गर्ने बताएका छन् । जो कोहिलाई पनि नियम नमानेको खण्डमा कारवाही हुने उनले चेतावनी दिएका छन् ।
दैनिक सयौँको संख्यामा कोरोना संक्रमितको मृत्यु भईरहेको ईरानमा गत अप्रिल महिनामा कोरोना भाइरसको नयाँ संक्रमणमा केहि कमी आएको थियो । तर अहिले फेरी कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा तीव्र गतिले वृद्धि भइरहेको छ ।
संक्रमणको प्रकोप फैलिएपछि ईरानले पुनः पाँच प्रान्तका शहर तथा क्षेत्रहरुमा लकडाउन गरेको छ ।
ईरानमा अहिलेसम्म ११ हजार ४०८ जनाको मृत्यु भएको छ भने २ लाख ३७ हजार ८७८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९८ हजार ९४९ जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया