कोरोनाको प्रकोप : शनिवार भारतमा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३३ हजार ४४९ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ८० हजार ६३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६४ लाख ३९ हजार ६६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ७३ हजार ९०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ९ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा शनिवार अहिलेसम्मकै सबेभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । हिजो त्यहाँ २४ हजार १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

जो अहिलेसम्मकै भारतमा एकैदिन थपिएका संक्रमितको नयाँ रेकर्ड हो । त्यस्तै शनिवार नै भारतमा ६१० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?