काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३० हजार ९ सय ५५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १२ लाख ८ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६४ लाख ४ हजार १ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५९ हजार ३ सय ११ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ५ सय ८३ जनाको ज्यान गएको र १ लाख ५ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २ सय ८ पुगेको छ । बितेको २४ घण्टामा २४ हजार २ सय ५० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख १४ हजार ८ सय ३८ पुगेको छ ।
हालसम्म १२ लाख ४८ हजार ४ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ४१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४४ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया