प्रधानमन्त्रीबाट राजीनामा दिएका फिलीपको नयाँ प्रधानमन्त्रीलाई यस्तो सुझाव

काठमाडौं । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनले शुक्रबार राजनीनामा दिएका हुन् ।

पदहस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रुपमा तपाईलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ ।”

उनले अगाडि थपे, “हाम्रो देशलाई खुल्ला सोच र दृढ निश्चयी व्यक्ति चाहिन्छ । तपाईले फ्रान्सको आवश्यकतालाई पूरा गर्नुहुनेछ भन्नेमा मलाई कुनै द्वुविधा छैन ।”

निवर्तमान प्रधानमन्त्री फिलीपले नयाँ प्रधानमन्त्री कास्टेक्सले प्रधानमन्त्रीका रुपमा सही निर्णयहरु गर्ने विश्वास पनि व्यक्त गरे ।

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिएका हुन् । फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ ।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?