कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महमारीका कारण ५ लाख २९ हजार १२७ जनालाई संक्रमण भएको छ भने १ हरोड ११ लाख ९१ हजार ६८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६३ लाख ३० हजार ६७१ जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट १८ हजार ६६९ जनाको मृत्यु भएको छ भने २ लाख ४९ हजार ८८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ लाख ९४ हजार ३१९ जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ शुक्रवार २२ हजार ७२१ जना संक्रमित थपिएका छन् । जो भारतमा एकैदिनमा थपिएका अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । त्यस्तै त्यहाँ शुक्रवार नै ४४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?