काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २६ हजार ३ सय ८२ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १० लाख ८३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६२ लाख ८ हजार ६ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार १ सय ४० जनाको ज्यान गएको र १ लाख १० हजार ७ सय ६३ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १९ हजार ८ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ९ सय ७ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १ हजार ६ सय ५६ जनाको ज्यान गएको र ३ लाख ९२ हजार ८ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ३१ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया