काठमाडौं । संयुक्त राष्ट्रसंघकै गाडीमा यौन क्रियाकलाप गरीरहेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो ।
यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छानविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए ।
भिडियोमा देखिएका पूरुषको पहिचान भएको र उनी ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटिएसओ) अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया