कोरोना कहर : मेक्सिकोमा २९ हजार भन्दा बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख २४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख ८४ हजार ७९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६१ लाख ४० हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच मेक्सिकोमा अहिलेसम्म २९ हजार १८९ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख ४२ हजार ५९३ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६७९ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा बिहीवार मात्रै ५ हजार ६८१ जना संक्रमित थपिएका थिए भने ७४१ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?