काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख २४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख ८४ हजार ७९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६१ लाख ४० हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६१ हजार ९९० जनाको मृत्यु भएको छ भने १५ लाख १ हजार ३५३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख १६ हजार १४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा बिहीवार एकैदिनमा ४७ हजार ९८४ जना संक्रमित थपिएका छन् भने १ हजार २७७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया