काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्व्मा ५ लाख २४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख ८४ हजार ७९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६१ लाख ४० हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार २२५ जनाको मृत्यु भएको छ भने ६ लाख २७ हजार १६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ लाख ७९ हजार ९०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा बिहीवार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।
भारतमा एकेदिनमा २१ हजार ९४८ जना संक्रमित थपिएको यो पहिलो पटक हो भने बिहीवार नै भारतमा ३७७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया