काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ३ सय ५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ९ लाख १८ हजार १ सय ७८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६१ लाख ५ हजार ५ सय ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमित मध्ये ५८ हजार ७५ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार २ सय ९४ जनाको ज्यान गएको र १ लाख २३ हजार १६ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ९९ पुगेको छ । बितेको २४ घण्टामा २४ हजार ७ सय ७८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ४ हजार ७ सय ३३ पुगेको छ ।
हालसम्म ११ लाख ७७ हजार ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ९८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया