कोरोना भाइरसका दुई ‘भ्याक्सीन’को पहिलो ‘क्लीनिकल ट्रायल’ सफल

काठमाडौं । कोरोना भाइरसको प्रकोप लगातार बढ्दै गईरहेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक तथा डाक्टरहरु अहोरात्र खटिएका छन् ।

यसैबीच वैज्ञानिकहरुले बनाएका दुई औषधिले केहि राहत दिएका छन् । भ्याक्सीन कम्पनी फाइजर र बायोटिक फर्म बायोयेनटेकले बनाएका प्रायोगिक कोभिड १९ भ्याक्सीनको पहिलो क्लीनिकल ट्रायल सफल भएको छ ।

बढाईरहेको छ ‘इम्यूनिटी’

वैज्ञानिकका अनुसार फाइजर र बायोएनटेकले इम्यूनिटी बढाउन सहयोग गरिरहेका छन् । भ्याक्सीनको पहिलो क्लीनकल ट्रायलको डाटा बुधवार ‘medRXiv’ मा प्रकाशित गरिएको छ ।

यसको धेरै प्रयोगले भने शरीरमा असर गर्ने वैज्ञानिकहरुले बताएका छन् । यसको धेरै प्रयोगले खोकी दुष्प्रभाव हुने गर्दछ ।

फाइबरको रिसर्च ल्याबमा भाइरल भ्याक्सीनका चीफ साइन्टफिक अफिसर फिलिप डर्मिटजरले भने, हामी दोश्रो रागीहरुमाथि भ्याक्सीनको परीक्षण गरिरहेका छौँ ।

अहिले हामी मात्र यति मात्रै भन्छौँ कि, भ्याक्सीन परीक्षणको शुरुवाती चरणमा धेरै इम्यूनिटी र सेफ्टी डाटाको आधारमा प्रभावी साबित भएको छ ।

कसरी भयो ट्रायल ?

क्लीनिक ट्रायलमा सामेल भएका ४५ रोगीहरुलाई भ्इाक्सीनका फरक फरक तीन डोज दिइएको थियो ।

कसैलाई प्लसीबो दिइएको थियो । रोगिहरु मध्ये १२ जनालाई भ्याक्सीन १० माइक्रोग्राम, १२ लाई ३० माइक्रोग्राम, १२ लाई १०० माइक्रोग्राम डोज दिईएको थियो । त्यस्तै नौ बिरामीलाई प्लसीबो दिइएको थियो ।

ति मध्ये १०० माइक्रोग्राम डोज दिइएकालाई खोकी लागेको थियो ।उनीहरुलाई त्यसपछि दोश्रो डोज दिइएन ।

त्यसको तीन हप्ता पछि उनीहरुलाई दोश्रो डोज दिइएको थियो । त्यसपछि १० माइक्रोग्राम डोज वाला ८.३ प्रतिशत र ३० माइक्रोग्राम वाला ७५ प्रतिशत रोगीमा खोकी लाग्न शुरु भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?