काठमाडौं । विगत २० बर्ष यता, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै न कुनै रूपमा रसियाको शक्तिमा सहभागी भएका छन्। तर यस वर्ष सन् २०२० मा भने उनको पकड कमजोर बन्दै गएको छ ।
यसको प्रमुख कारण हो, कोरोनाभाइरसको संक्रमण रोक्न नसक्नु र खस्कँदै गइरहेको अर्थव्यवस्था हो। रसियामा अहिलेसम्म ६ लाख ५४ हजार४०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ९ हजार ५३६ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ ।
रूस सरकारले महामारी संक्रमित व्यक्तिहरूको उपचार गर्न र बेरोजगारहरूलाई रोजगार दिन असफल भइरहेको यो अवस्थाबाट रुसी नागरिक राष्ट्रपति पुटिनसँग केहि रुष्ट बनेका छन्।
यसैबीच, रुसका राष्ट्रपति पुटिन डोनाल्ड ट्रम्पलाई फेरि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेको देख्न चाहान्छन् ।
कोरोनाभाइरस सबैभन्दा ठूलो समस्या
रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले शुरुमा कोरोनाभाइरसलाई गम्भीरताका साथ नलिएका कारण यो समस्या आएको कतिपयको बुझाई छ ।
इटाली, स्पेन र बेलायतले महामारीको विरूद्ध लडिरहेको देख्दा समेत राष्ट्रपति पुटिनले त्यसलाई बेवास्ता गरेको कतिपयले आरोप लगाएका छन् ।
उनीहरुले भनेका छन्, ‘विभिन्न देशो यो अवस्था देख्दा देख्दै पनि राष्ट्रपतिले स्वयं नै सामाजिक दूरीको अनुसरण गर्नुभएन र खुल्लमखुल्ला मानिसहरूसँग हात मिलाउनुभएको थियो, जब रूसी नागरिकहरू ठूलो संख्यामा संक्रमित हुन थाले, तब राष्ट्रपतिले सामाजिक दूरी र लकडाउनको सहारा लिनुभएको थियो। अब, राष्ट्रपति पुटिनको लागि सबैभन्दा ठूलो चुनौती भनेको कोरोनाभाइरसमा लगाम लगाउनु हो।’
रूसी अर्थव्यवस्थामा सङ्कट
कोरोनाभाइरस र तेलको मूल्यमा भएको भारी गिरावटको कारण रूसी अर्थतन्त्रमा गिरावट आएको छ।
कुनै बेला अमेरिकासँगसँगै विश्वमा सुपर पावरको दर्जा पाएको रसियाको अर्थतन्त्र अहिले यति नराम्रो भएको छ कि उसले १५ बर्षमा पहिलो पटक मे महिनाको मासिक जीडीपी प्रतिवेदन समेत जारी गर्न सकेन ।
कोरोना भाइरससम्बन्धी रुसी सरकारको नीति परिवर्तन भएपछि पुटिनले साउदी अरेबियासँग तेलको मूल्यलाई लिएर मूल्य युद्ध शुरू गरेका थिए। कच्चा तेलको मूल्यमा भएको ठूलो गिरावटको कारण रूसले ठूलो आर्थिक क्षति भोगेको छ।
डोनाल्ड ट्रम्पको भनाइले पुटिनलाई पुग्यो फाइदा
जब पुटिनका सबै योजनाहरू गलत साबित भए, तब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ र क्रियाकलापबाट उनले अप्रत्याशित रूपमा फाइदा लिएका थिए।
अमेरिकामा सन् २०१६ मा राष्ट्रपति चुनाव हुँदा, पुटिनलाई ट्रम्पको जीतको कुनै आश थिएन, तर सन् २०२० को राष्ट्रपति चुनावमा अमेरिकाको राष्ट्रपतिमा पुनः ट्रम्प नै आएको उनी देख्न चाहान्छन् ।
ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बन्दा पुटिनलाई फाइदा
राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा, डोनाल्ड ट्रम्पले पुटिनलाई फाइदा पुग्ने धेरै कदमहरु चालेका छन् ।
युक्रेनसँग रुसको सम्बन्ध कमजोर भएको बेला, ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई संयुक्त राज्यमा आमन्त्रित नगरेकोमा पुटिन अत्यन्तै खुशी भएका थिए ।
साथै ट्रम्पले जर्मनीबाट २५ प्रतिशत अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरे। साथै रसियालाई टर्की, इजिप्ट र इजरायललगायत मध्य पूर्वी एसियामा आफ्नो प्रभाव विस्तार गर्न अनुमति समेत ट्रम्पको योजनामा सम्भव भयो।
जस कारणले पुटिनलाई रूसी जनतासामु होनहार नेताको छबी प्रश्तुत गर्न सक्षम बनायो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यिनै विविध कारणले गर्दा रुसका राष्ट्रपति पुटिन फेरी एकपटक अमेरिकाको राष्ट्रपतिमा ट्रम्प नै भएको हेर्न चाहान्छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया