कोरोना कहर : ब्राजिलको अवस्था भयावह बन्दै, एकैदिन एक हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख १८ हजार ९६८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख ३ हजार ५९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५९ लाख ३९ हजार १७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६० हजार ७१३ जनाको मृत्यु भएको छ भने १४ लाख ५३ हजार ३६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख २६ हजार ८६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा बुधवार मात्रै ४४ हजार ८८४ जना संक्रमित थपिएका छन् भने १ हजार ५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?