अमेरिकामा बुधवार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख १८ हजार ९६८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख ३ हजार ५९९ जनालाई संक्रमण भएको छ । त्यस्तै ५९ लाख ३९ हजार १७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख ३० हजार ७९८ जनाको मृत्यु भईसकेको छ भने २७ लाख ७९ हजार ९५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ६४ हजार ६८० जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म् ३२ हजार १४३ जनाको मृत्यु भएको छ भने ४ लाख १८ हजार ६०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ६ हजार १६४ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ३९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७७ हजार २३८ जनालाई संक्रमण भएको छ भने १५ हजार २१८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ बुधवार ५१ हजार ९७ जना संक्रमित भेटिएका हुन् भने ६७६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?