काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ३ सय ५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ६ लाख ८९ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ लाख ५६ हजार ४ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १ हजार ६ सय ९८ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ९४ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ४९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ३ हजार ४ सय २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा १ लाख ३२ हजार ७ सय ६० जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार २ सय ७२ जनाको अवस्था गम्भिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया